Tribhuvan University public university for higher education

वीरेन्द्र वहुमुखी क्याम्पस, शिक्षा विभागको आयोजनामा २०७७ आश्विन २५ र २६ गते वेविनार सम्पन्न

Home  / वीरेन्द्र वहुमुखी क्याम्पस, शिक्षा विभागको आयोजनामा २०७७ आश्विन २५ र २६ गते वेविनार सम्पन्न

वीरेन्द्र वहुमुखी क्याम्पस, शिक्षा विभागको आयोजनामा २०७७ आश्विन २५ र २६ गते वेविनार सम्पन्न

October 13, 2020

१. आश्विन २५ गते पहिलो सेसन वेलुकी ४-५ यस विभागका सदस्य डा. सुरेन्द्र घिमिरेले Teacher Education Program: Juncture of Collapse and Transforming शीर्षकमा, दोस्रो सेसन शिक्षाविद् प्रा. विद्यानथ कोईरालाले Teaching as researching: linking indigenous knowledge in modern curriculum" शीर्षकमा, आश्विन २६ गते पहिलो सेसन वेलुकी ३-४ यस केयूका फ्याकल्टि डा. टिकाराम पौडेलले "Narrative method of teacher development" र शिक्षाविद् प्रा. जइराज अवस्थीले "Paradigm shift in teaching" मा प्रस्तुती राखनु भएको थियो ।

२. कार्यक्रमका सभापति क्याम्पस प्रमुख प्रा. दयाराम पौड्यालले "शिक्षक-शिक्षा कार्यक्रम" को गुणस्तर विकासको लागि पाठ्यक्रम कार्यान्वयनमा सुधार गर्न आफ्नो प्रतिवद्वता व्यक्त गर्नु भयो ।

३. कार्यक्रमका प्रमुख अतिथि त्रिवि शिक्षा संकायका डीन प्रा. चित्र व. बुढाथोकीले "शिक्षक-शिक्षा कार्यक्रम" को गुणस्तर विकासको लागि पाठ्यक्रम र त्यसको कार्यान्वयनमा आमुल सुधार आवस्यक रहेको र त्यसमा आफू लागि परको कुरा व्यक्त गर्नु भयो ।

४‌‌. विभागीय प्रमुख पदम न्यौपानेले मोडेरेसन गर्नु भएको कार्यक्रममा छिमेकि क्पाम्पसका प्रमुखहरुले सहभागिता र सहकार्यको सराहना गर्दै प्रतिवद्वता व्यक्त गर्नु भयो ।

५. कार्यक्रममा विभिन्न क्पाम्पसका शिक्षक, र यस क्पाम्पसका शिक्षा संकायका विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।

Bharatpur, Chitwan, Nepal
Tel : 
Fax : 077-1-2345678
Old WebsiteLibrary
Copyright 2020 Birendra Multiple Campus.